चर्चित बेलायती नायिका लुम्ले अन्तर्राष्ट्रिय दातृ सम्मेलनमा सहभागी हुने

pr-joanna-lumley

लण्डन | भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन यही असारमा १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा जाने अधिकांश सहभागीको टुङ्गो लागेको छ। तेसै गरि हलिउडकी चर्चित बेलायती नायिका जोआना लुम्ले पनि नेपाल जाने निश्चित भएको छ ।

सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ बहुपक्षीय दातृ निकाय तथा प्रतिष्ठित व्यक्तिलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरेको थियो । सम्मेलनमा भाग लिन अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर, टाइटेनिक फिल्मका नायक लियो नार्दाे डिक्याप्रियो, हलिउडका चर्चित बेलायती नायिका जोहना लुम्ले पनि नेपाल जाने निश्चित भएको छ । एक दिने सो सम्मेलनमा नेपाल र विदेशका गरी ३०० जना सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।

भूकम्पबाट मुलुकका प्रमुख पर्यटकीय गन्तव्य र त्यसका भौतिक पूर्वाधार सुरक्षित रहेका सन्देश प्रवाह गर्नु पनि सम्मेलनको अर्को उद्देश्य हो । सम्मेलनका सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक संरचना, विश्वसम्पदा सूचीमा सूचीकृत मठमन्दिर, दरबार र प्रभावित केही जिल्लाको स्थलगत अवलोकन गराइने अर्थ मन्त्रालयले जनाएको छ ।

महाविपत्तिबाट भौतिक संरचनामा पुगेको क्षतिलाई पूर्ववत् अवस्थामा फर्काउन आफ्नै साधन स्रोतले सम्भव नहुने भएपछि अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गर्नु परेको सरकारको भनाइ छ । सरकारले सम्मेलनको तयारीका लागि अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरेको छ । सम्मेलन तयारी लगभग अन्तिम चरण पुगेको छ ।सरकारले निमन्त्रणा पठाएका द्विपक्षीय दातृ निकाय तथा मुलुकहरु अस्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, चीन, डेनमार्क, संयुक्त अधिराज्य, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, नर्वे, विकासका लागि साउदी कोष, श्रीलङ्का, स्विडेन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका, पोल्यान्ड, भारत, न्युजिल्यान्डले आजसम्म आफ्नो सहभागिता हुने निश्चित गरिसकेका छन् ।