वीरगञ्ज, ६ चैत । वर्षीया बालिका बालात्कारको मुद्दामा प्रहरीले पक्राउ गरेका २८ वर्षे कन्हाइप्रसाद गुप्तालाई जिल्ला अदालत बाराले सर्वस्व सहित ३५ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश लिप्तबहादुर थापाको इजलाशले मंगलबार बलात्कारको उक्त मुद्दाको द्रुत सुनुवाई गर्र्दै २ लाख रुपैया क्षतिपुर्ति भराउने समेत आदेश गरेको हो।

अदालतले बलात्कारको अभियोगमा १५ वर्ष र हत्याको अभियोगमा २० वर्षगरी ३५ वर्षको कैद सजाय सुनाएको हो । ‘आदालती बन्दोबस्तको ८५ (क) अनुसार बादी र प्रतिवादीको मुख मिलेको मुद्दामा थप प्रमाण बुझिराख्नु नपर्ने व्यवस्था अनुसार आदालतले आजै (मंगलबार) फैसला गरेको हो,’ जिल्ला अदालत बाराका श्रेस्तेदार रोशन भट्टराईले भने, ‘जबरजस्ती करणीको अभियोगमा आदालतले १५ बर्ष कैद र क्षतिपूर्ति बापत २ लाख रुपैया भराउने फैसाला गरेको छ भने, हत्याको आरोपमा सर्वस्वसहित जन्मकैद (२० वर्ष)को फैसला सुनाएको हो।’ मंगलबार नै गुप्तालाई वीरगन्ज कारागार चलान गरिएको उनले जानकारी गराए।
बलात्कारको उक्त घटनामा प्रहरीले अभियुक्त गुप्तालाई फागुन १० मा पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। मुद्दाको सुनावाईको क्रममा जिल्ला न्यायधिवक्ता खडानन्द गौतमले गुप्ता उपर अभियोगपत्र दायर गर्दै जबरजस्ती करणी र ज्यान सम्बन्धी मुद्दामा सजाय माग गरेका थिए।अभियुक्त गुप्ताले पनि अफु माथि लगाइएको अभियोग मंगलबार भएको सुनुवाईमा आदालत समक्ष स्वीकार गरेका थिए। सुनुवाइमा न्यायाधिवक्ता गौतमले सरकारको तर्फबाट बहस गरेका थिए भने अभियुक्तको तर्फबाट कानुन व्यायसायी मुकरर नगरिएको हुनाले जिल्ला कानुनी सहायता समितिबाट आदालतले नै अधिवक्ता नागेन्द्र ठाकुरलाई नियुक्त गरी सुनुाई अगाडि बढाएको थियो।
कलैया नगरपालिका –४ का २८ वर्षे अभियुक्त गुप्ताले आफुमाथि लागेको अभियोग अदालतमा स्वीकार गरेपछि पीडित परिवाजनको पीडाको तत्काल सम्बोधन हुनेगरी अदालतले तत्काल नै मद्दाको फैसला गरी किनारा लगाएको हो।कलैया हाटमा श्रृगांर सामग्रीको व्यवसाय गर्ने बद्रीनारायण की ६ बर्षे छोरी पुजा फागुनको साँझ बजारबाटै बेपाता पारिएकी थिइन्। त्यहाँभन्दा करिब ५ सय मिटर उतर –पश्चिममा तीनचन्द्र उच्च माध्यमिक विद्यालयको पछाडि फोहोरको थुर्पोमा अर्को दिन बिहान उनी अचेत अवस्थामा फेला परेकी थिइन्। बलात्कृत बालिकाको वीरगन्जमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। कान्ति बाल अस्पतालमा भर्ना गरिएकी पुजाको घटनाको १६ औं दिन मृत्यु भएको थियो।
पुजाको मृत्युपछि आक्रोशित स्थानीयले ६ दिनसम्म लागातार कलैयामा शव राखेर धर्ना गरेका थिए। स्थानीय प्रसाशनसंगको सहमतिपछि शनिबार साँझ बालिकाको अन्तिम संस्कार गरिएको थियो। प्रसाशनले सुरक्षा व्यवस्था कडा बनाउनेतर्फ विभिन्न सहमति गरेपछि बालिकाको शव उठेको थियो। आदालतले अधिकतम सजायको फैसला गर्दा घटनामा शिकार बनेकी बालिकाका परिवारले र स्थानीय स्वागत गरेका छन्।






