फलेवास (पर्वत), ४ चैत । झन्डै एक दशकदेखि अस्टे«लियामा बस्दै आएका एक प्रवासी नेपालीले जिल्ला प्रहरी कार्यालय पर्वतको महिला तथा बालबालिका एकाइलाई स्कुटर सहयोग गरेका छन् । पर्वतको सदरमुकाम कुस्मा बजारका स्थायी बासिन्दा शङ्कर लामिछानेले महिला तथा बालबालिका एकाइलाई स्कुटी सहयोग गर्नुभएको छ ।
शान्ति सुरक्षामा सबै समय खटिनुपर्ने तर उनीहरु साधनस्रोतमा पुरुष प्रहरीभन्दा कमजोर हुने भएकाले स्कुटर सहयोग गरेको सहयोगदाता लामिछानेले बताउनुभयो । उहाँले टिभीएस कम्पनीको झन्डै रु एक लाख ७० हजार मूल्य पर्ने स्कुटर सहयोग गर्नुभएको हो । “मैले महिला प्रहरीको सक्रियता र महिला हिंसा न्यूनीकरणमा उहाँहरुको काम महत्वपूर्ण हुने भएकाले स्कुटर सहयोग गरेको हुँ” लामिछानेले भन्नुभयो ।
आफ्नो तीजगीतको एल्बम ‘यो मनको चाहना’ विमोचन कार्यक्रममा उहाँले महिला प्रहरी एकाइमा कार्यरत महिला प्रहरी जवानलाई स्कुटरको साँचो हस्तान्तरण गर्दा कार्यक्रमका आयोजक र सहयोग लिने सबै आश्चार्यचकित बनेका थिए । लामिछानेले कसैलाई पनि स्कुटर सहयोग गर्नेबारे यसअघि जानकारी दिनुभएको थिएन । जिप्रका पर्वतको महिला तथा बालबालिका एकाइमा १० जना महिला प्रहरी कार्यरत छन् । यहाँ दैनिक चार÷पाँच वटा महिला हिंसाका उजुरी आउने गर्दछन् ।
प्रवासीद्वारा महिला प्रहरीलाई स्कुटर सहयोग






