पर्यटन बोर्डको बजेट १४ प्रतिशत मात्रै खर्च

(एजेन्सी) अप्रिल १ यानी ‘अप्रिल फुल डे’ विश्वभर एक अर्कालाई मूर्ख बनाएर मनाइन्छ । तर, अप्रिल फुल मनाउने चक्करमा केही यस्ता ठूला साँचो घटनाहरुलाई समेत अप्रिल फुल भन्दै वेवास्ता गरिएको थियो । यस्ता केही रोचक घटना एजेन्सीको सहयोगमा यहाँ प्रस्तुत गरिएको छः

१) जिमेलको शुरुवात : जिमेलको लञ्च सन् २००४ को अप्रिल १ का दिन गरिएको थियो । तर, गुगलले हरेक अप्रिल फुलमा अरुलाई मुर्ख बनाइरहने हुँदा यसलाई पनि धेरैले अप्रिल फुल मानेका थिए ।

२) सन् १९८४ मा गायक मार्विन गेयले अप्रिल १ का दिन आफ्नो पिताको गोली हानेर हत्या गरेका थिए । तर यसलाई धेरैले अप्रिल फुल मानेर पत्याएनन् ।

३) सन् २००९ को अप्रिल १ मा कनफिकर भाइरसले गर्दा कम्पुटरका धेरै व्यक्तिगत फाइलहरु नोक्सान गरेको थियो । यसलाई अप्रिल फुल भनेर वेवास्ता गर्दा अमेरिकामा धेरैको कम्पुटर प्रभावित बनेको थियो ।

४) हाँस्य कलाकार मिच हेडवर्गको सन् २००५ मार्च ३० का दिन निधन भएको थियो । यद्यपि यसको घोषणा भने मार्च ३१ का दिन मात्र गरियो । यसलाई पनि मजाक ठान्दै धेरै पत्रपत्रिकाहरुले समाचार समेत लेखेनन् ।