पत्रकार महासंघ युके शाखाको वार्षिक साधारणसभाको तयारी तीब्र :

शिव भण्डारी

लन्डन ।

yo

 

नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभाको तयारी अन्तिम चरण पुगेको शाखाले जनाएको छ । १२ अप्रिल आइतवार ग्रीनफोर्डस्थित ब्लुअर्किटमा आयोजना हुने सो सभा नियममित हो । साधारणसभामा शाखाको बार्षिक तथा आर्थिक प्रवेदनमाथि छलफल हुने शाखा अध्यक्ष चिरन शर्माले बताए ।

fnj uk

 

 

बिहान ११ बजे सुरु हुने सो कार्यक्रम दुई चरणमा गरिने भएको छ । पहिलो चरणको कार्यक्रममा बेलायत स्थित नेपाली संघसंस्थाका पदाधिकारीलाई अतिथिका रुपमा आमन्त्रण गरिएको छ । दोस्रो चरणको कार्यक्रम बन्दसत्र हुनेछ । बन्द सत्रमा महासचिव श्याम लुइँटेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष देवी गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सोही सत्रमा शाखाको विधान, सदस्यतासम्बन्धी नियमावली तथा पत्रकार आचारसंहिताका बारेमा छलफल हुने अध्यक्ष चिरन शर्माले जानकारी दिए ।

बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्य सम्पन्न हुने साधारणसभामा सम्पूर्ण सदस्यको उपस्थिति रहने अपेक्षा गरिएको छ । शाखामा हाल ५८ जना सदस्य छन् । यसअघि शाखाले सबै सदस्यहरुलाई विधानको अधिनमा रहेर सदस्यता नवीकरण गर्न आह्वान गरिसकेको छ ।