तक्दीर अधिकारी
सिड्नी । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सिड्नीमा वृहद अन्तरक्रिया कार्यक्रम हुने भएको छ । गैरआवासीय नेपाली संघको संयोजनमा हुने कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नवनिर्वाचित एनआरएन पदाधिकारीलाई सम्मान तथा स्वागत र नेपाली संघसंस्था तथा व्यवसायीबीच वृहद अन्तरक्रिया हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया एनएसडब्लुका सचिब दीपक पहारीले दिएको जानकारीअनुसार अन्तरक्रिया ३० नोभेम्बरका दिन ऐडेन प्यालेस अलउड सिड्नीमा आयोजना हुनेछ ।
एनआरएन अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद् संयोजक देव गुरुङका अनुसार कार्यक्रम तीन चरणमा हुनेछ । गुरुङ संयोजक रहेको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल तथा एनआरएनए आईसीसी पदाधिकारी, क्षेत्रीय संयोजक र ओसियाना प्रतिनिधिलार्ई सम्मान तथा स्वागत कार्यक्रम राखिएको छ ।
नवनियुक्त राजदूतलाई औपचारिक रुपमा एनआरएनएले पहिलो पटक स्वागत तथा सम्मान गर्न कार्यक्रम आयोजना गरेको हो भने भर्खरै सम्पन्न विश्व सम्मेलनबाट निर्वाचित एनआरएनए पदाधिकारीको स्वागत तथा सम्मान गर्न लागिएको हो । संयोजक गुरुङका अनुसार कार्यक्रममा एनआरएनको योजना सुनाइने छ भने उक्त योजनालाई दूतावासले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल हुनेछ ।
कार्यक्रमको पहिलो चरणमा एनआरएनए अष्ट्रेलियाका सहसचिव तीर्थराज कार्कीको संयोजकत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफल हुनेछ । अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग भिजिट २०२० अभियानलाई नेपाली समुदायले कसरी सहयोग पुर्याउन सकिन्छ भनेर अन्तरक्र्रियामा छलफल हुने एनआरएन सचिव पहारीले जानकारी दिए । अन्तक्र्रियाले निकालेको निष्कर्ष नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने बताइएको छ ।
यस्तै तेस्रो चरणमा सचिव दिपक पहारी संयोजक रहेको कार्यक्रममा व्यवसायीसँग छलफल हुनेछ । विशेष गरी भ्रमण वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भनेर व्यवसायीसँग पर्यटन बोर्ड र नेपाली दूतावाससँग व्यवसायीको अन्तक्र्रिया गराउन लागिएको संयोजक पहारीले बताए । भ्रमण वर्ष सफल बनाउनका लागि राज्यले व्यवसायीलाई के सुविधा उपलब्ध गराउन सक्छ भन्ने विषयमा समेत छलफल हुनेछ । कार्यक्रममा सहभागिताका लागि सिड्नीमा रहेका नेपाली समुदायलाई आयोजकले अनुरोध गरेका छन् ।






