लण्डन ।एनआरएन यूकेले आउँदो डिसेम्बर २ तारिख सोमबारका दिन लण्डनस्थित भारतीय हाई कमिसनअगाडि शान्तिपुर्ण प्रदर्शन गर्ने भएको छ। भारतले नेपालका केहि भूभाग समेत समेटेर एकतर्फी रुपमा सार्वजनिक गरेको नक्साको विरोधमा लण्डनमा प्रदर्शन गरिने भएको हो।
एनआरएन यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बुधबार एक वक्तव्य जारी गर्दै बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । ‘एनआरएन यूके बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, पत्रकार, वकिल, प्राध्यापक, बुद्धिजिवी तथा सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई दिदीबहिनीहरुको सहभागीता, समन्वय र सहयोगको लागि हार्दिक अनुरोध गर्दछ’, वक्तव्यमा भनिएको छ , ‘एनआएन साथै बेलायतमा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई विशेषत आफु मातहतको निकायलाई परिचालन गर्दै यसमा व्यापक सहभागिता बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्नु हुन सादर अनुरोध छ ।’
लिपुलेक, लिम्पियाधुरा ,कालापानी लगायतका नेपाली भूभाग भारतले आफ्नो नक्सामा पारी एकतर्फी सिमा नक्सा सार्वजनिक गरेकोमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदले यसअघि नै विरोध जनाइसकेको छ । विश्वभरका एनआरएनए राष्ट्रिय समन्वय परिषदहरुलाई सम्बन्धित देशस्थित भारतीय हाई कमिसनमा शान्तिपुर्ण रुपमा विरोध जनाउन अन्तर्राष्ट्रिय समन्वय परिषदले निर्देशन गरेअनुसार नै बेलायतमा पनि विरोध कार्यक्रम तय भएको हो ।
एनआरएन यूकेकोअपील–







