लन्डन । बेलायतमा नेपाल फेडरेशन अफ बडिबिल्डिङ एंड फिटनेशका सुरेश देवा सम्मानित भएका छन् ।आइतबार १७ नोभेम्बर साँझ बेलायतको अल्डरसटस्थित दि प्यालेसको सभाहलमा आयोजित एक कार्यक्रमका बिच बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीद्वारा नेपाल इन्टरनेशनल बडी बिल्डिङका देवालाई सम्मान गरिएको हो ।
नेपाल बडिविल्डिङका देवा नेपाल चलचित्र कलाकार संघ यूके शाखाको प्रथम अधिवेशन कार्यक्रममा सहभागी थिए। बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथि रहेको उक्त अधिवेशनमा नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्का र नायक धीरेन शाक्य बिशेस अतिथिका रुपमा सहभागी थिए।
देवा युएईमा नोभेम्बर ५ देखि १० सम्म सम्पन्न ७३ आइएफबिबी वल्र्ड मेन्स च्याम्पियनशिप एण्ड कङ्ग्रेसमा मेन्स फिजिक्स १७० सिएम क्याटोगरीमा नेपालको तर्फबाट बडिबिल्डिङ च्याम्पियनशिपमा भाग लिएर दुबई बाट लन्डन निजि भर्मण आइपुगेका हुन्।
नेपालको खोटाङमा जन्मिएका देवाले थुप्रै अन्र्तराष्ट्रिय बडिबिल्डिङ च्याम्पियनशिपमा भाग लिएका छन् । धेरै खेलमा सफलता पनि हासिल गरेका छन् । उनले पहिलोपटक २०१५ मा आनल क्लासिक हङकङमा छैटौ स्थान हासिल गरे ।
२०१६ मा भियतनाममा आयोजित पाँचौं एशियन विच गेममा नेपालको तर्फबाट चौथो स्थान हासिल गरेर नेपालको रेकर्ड राखे । २०१७ मा मंगोलियामा आयोजित एशियन बलिबिल्डिङ एण्ड च्याम्पियनशिपमा चौथो स्थान हासिल गरे । २०१८ मा दोस्रो मिस्टर एभरेष्ट नेश्नल च्याम्पियनमा १७० सिएम क्याटोगरिमा गोल्ड मेडल हात पारेको बताए ।
काठमाण्डौस्थित सुन्धारामा रहेको फिटनेश पार्कका देवाले अहिलेसम्म लोभलाग्दो शरिर बनाउने धेरैको इच्छा पुरा गरिदिएका छन् । हाल नियमित रुपमा उनले प्रत्येक दिन २ सय ५० जनालाई टेनिङ दिन्छन् । नेपालका दर्जनौं चर्चित सेलिबे्रटी, उद्योगी, खेलाडी, राजनितीज्ञहरु समेतले टेनिङ लिइरहेका छन् ।






