गोर्खा प्यालेसद्वारा वार्षिकोत्सवमा स्कुललाई साढे ६ लाख रुपैयां प्रदान

 

12728958_1027862520585403_8201692974867436640_n[1]लन्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा एक च्यारिटी गरि भूकम्पले क्षतिग्रस्त गोरखाको स्कुललाई सहयोग गरेको छ ।

सोमबार सांझ आयोजित च्यारिटीबाट संकलित रकम साढे ६ लाख रुपैयां (४ हजार ६० पाउण्ड) भूकम्पले क्षतिग्रस्त गोरखाको महेन्द्र लिला उच्च माविलाई प्रदान गरिएको रेष्टुरेन्ट सञ्चालक एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले जानकारी दिए । उनले सहयोगदाता, नियमित ग्राहक र कर्मचारीप्रति आभार व्यक्त गरेका छन् ।

रेष्टुरेन्टले स्थापना भएयता प्रत्येक वर्ष च्यारिटी गर्दै आएको छ । रेष्टुरेन्टले गत वर्ष भूकम्प आए लगत्तै प्रधानमन्त्री राहत कोष र एनआरएनए मार्फत १६ लाख रुपैयां (१० हजार ५० पाउण्ड) प्रदान गरेको थियो ।

कार्यक्रममा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, स्थानीय सांसद सर जेराल्ड होवार्थ (पूर्वमन्त्री), रसमोर बरो काउन्सिल मेयर मार्टिन टेनेन्ट लगायत करिब ८० जना विदेशी नियमित ग्राहक सहभागी थिए ।

रेष्टुरेन्ट प्रोपाइटर श्रीमति बबिता गुरुङले सञ्चालन गरेको उक्त च्यारिटीमा कार्यवहाक राजदूत क्षेत्री, सांसद होवार्थ र रसमोर बरो काउन्सिल मेयर मार्टिन टेनेन्टले रेष्टुरेन्टको च्यारिटी काम र प्रतिष्ठाको खुलेरै प्रशंसा गरेका थिए ।

उक्त अवसरमा सहभागीलाई खाना, पेय पदार्थ निशुल्क थियो । च्यारिटीमा बिंगो, राफल चिट्ठा र लिलाम बढाबढबाट रकम संकलन गरिएको हो । लिलाम बढाबढ विदेशी ग्राहकले नै गरेका थिए ।12742167_1027862747252047_4761449387381405850_n[1]12733583_1027867273918261_2343038777262652083_n[1]