गुल्मी जिल्ला समाज यूकेको सहयोगमा गुल्मीको रिडीमा सुचना सञ्जाल सुरु:यसकारण गरियो समाज सेवा ( भिडियो सहित)

लण्डन ।

गुल्मी जिल्ला समाज युकेको सहयोगमा गुल्मीको रिडी बजारमा स्थापित सुचना सन्जालको परिक्षण प्रसारण सुरु भएको छ । समाजको करिब ४ लाख रुपियाको सहयोगमा स्थापना गरिएको यो सञ्जाल सम्भवत नेपालकै पहिलो हो ।gulmigau

 

गुल्मी उद्योग वाणिज्य संघको अनुरोधमा गुल्मी जिल्ला समाज यूकेले यो प्रोजेक्टका लागि सहयोग गरेको हो । जसका लागि समाजले सल्लाहकार मोति भण्डारी र उपाध्यक्ष विनोद ज्ञवाली लाई संयोजक तोकेर संकलन गरिएको महासचिव राम गलामीले लन्डन नेपाल न्यूज डट कमसँगको टेलिफोन कुराकानीमा जानकारी दिनुभयो ।

संजाल रिडी बजारको १० मुख्य स्थानहरुमा २० वटा माइकहरु राखेर सन्चालन गरिएको छ । यो सन्जालमार्फत रिडी बजार क्षेत्रमा महत्वपुर्ण सुचनाहरु सम्प्रेषण गरी रिडीबासीलाई सुचित गराउने लक्ष राखिएको छ । रिडीको बसपार्क देखी बिष्णु पञ्जर र पिपल टारीदेखि ऋषिकेश मन्दिरसम्म माइक जडान गरिएको छ ।  ती माइकहरुलाई तारमार्फत एउटै सन्जाल बनाइ सुचना प्रवाह गर्ने गरी सन्जालको स्थापना गरिएको छ ।

हाल परीक्षण प्रसारणमा रहेको यो सन्जाल मार्फत रिडी मेलाको लागि अत्याबश्यकीय सुचनाहरु प्रवाह गरिदै आएको छ । गुल्मी उद्योग बाणिज्य संघ,रिडी शाखाले यसको संचालन तथा संरक्षण गरिरहेको छ ।

गुल्मी जिल्ला समाज युकेका अध्यक्ष अर्जुन गौतम,तथा कोषाध्यक्ष टोपबहादुर पल्लीले यो प्रोजेक्टमा सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद व्यक्त गरेका छन् ।