लन्डन । मिस वल्ड प्रतियोगितामा भाग लिन मिस नेपाल अुनष्का श्रेष्ठ भोली अर्थात बुधबार बेलायत आउने भएकी छिन्। । यस वर्षको मिस वल्ड प्रतियोगितामा बेलायतमा हुँदैछ । मिस वल्ड प्रतिस्पर्धामा सहभागी बेलायतमा जाने तयारीमा रहेकीअनुष्काले यस पटक मिस वल्डको ताज पहिरिने तयारीमा छन् ।
विशेष गरि विश्वभरिका नेपालीको साथ र सहयोग पाएकी अनुष्कालाई मिस वल्डमा जिताउन सहयोग गर्नुपर्ने आवश्यकता छ । मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले मल्टीमिडिया अवार्ड जित्नको लागि लाईकको आवश्यक पर्छ । जसको लागि MOBSTAR एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ ।
कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुन समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ । नेपालको तर्फबाट मिस वल्डमा प्रतिस्पर्धा अनुष्कालाई अन्तराष्टिय मिडियाले टप १० भित्र राखेको छ ।
त्यसो त टप २० भित्र पर्न सफल भएमा मात्र नेपालले मिस वल्डको मल्टी मिडिया अवार्ड जित्न सफल हुनेछ । आउँदो डिसेम्बर १४ तारिखमा बेलायतमा हुन लागेको मिस वल्ड प्रतिस्पर्धामा विश्वभरिबाट करिव १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ ।






