बेल्जियम र जर्मनीमा भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रर्दशन

लन्डन । बेल्जियम र जर्मनीमा भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन गरेका छन्।

भारतले नेपाली सीमा मिचेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै त्यसको विरोधमा गैरआवासीय संघले विरोध प्रर्दशन गरेको हो । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा समेटिएको बिरुद्ध एनआरएनहरुले विरोधस्वरुप त्यहाँ रहेका भारतीय दूतावास अगाडि विरोध गरेका हुन् ।

बेल्जियमस्थित नेपाली समुदायले ब्रसेल्सस्थित भारतीय दूतावास भवन अगाडि जम्मा भएर विरोध जनाइसकेका छन् भने एनआरएन जर्मनीको नेतृत्वमा अन्य संघसंस्थाले एकसाथ मंगलबार फ्रयांकफ्रर्टमा विरोध प्रदर्शन गरे ।

एनआरएन आइसीसी अध्यक्ष कुमार पन्तसहित विरोध प्रदर्शन कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उता गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नेतृत्वमा त्यहाँस्थित संघसँस्थाको सकृयतामा सोमबार एक विरोध प्रदर्शनको आयोजना गर्दै भारतीय दूतावास पुगेर ज्ञापन पत्र बुझाएका थिए ।

भारतीय दूतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको ज्ञापनपत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै हालै भारतद्धारा जारी राजनीतिक नक्साको विरोध गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *