लन्डन । सयपत्री नेपाली सेवा समाज यूकेले विभिन्न कार्यक्रमहरु अगाडि सारेर मातृभूमिको सुवास छर्दै आफ्नो बार्षिक प्रगती समिक्षा सम्पन्न गरको छ। बेलायतमा परियार समुदायले गत २१ अप्रिल २०१९ अल्डरसर्टमा ‘सयपत्री नेपाली सेवा समाज युके’ गठन गरेर विभिन्न कार्यक्रमहरु अगाडी बढाउदै आएका हुन् ।

बेलायत भरी यत्रतत्र छरिएर बस्दै आउनु भएका सम्पूर्ण परियार दाजुभाइहरु को एउटा सस्था “सयपत्री नेपाली सेवा समाज युके” हो। स्थापना काल खण्ड बाट नै एउटा विशिष्ट उद्देश्य बोकेर अगाडि बढिरहेकोले गर्दा आजको दिन सम्म धेरै कुरा मा सफलता हासिल गरिसकेको छ। १३० को हाराहारीमा सदस्य सङ्ख्या भएको समाजले यति छोटो समयमा यति लामो फड्को मार्छ भन्ने कसैको बिश्वास थिएन तर हृदय बाट नै हामी दाजुभाइ एक हुन जरुरी छ र एक आपसमा सहयोग र आपसी सद्भावको भावना राख्दै अगाडि बढ्नु पर्छ भन्ने सोचको बिकासले गर्दा यो सहज तवरले संभब भएको छ।

विभिन्न कार्यक्रमको सिलसिलामामा २७ जुलाई मा बेजिङ्स्टोक मा भएको समाज को पहिलो बि बि क्यु पार्टी भब्यता को साथ अध्यक्ष श्री दिलिप महराको नेन्तृत्वमा अर्जुनदृष्टि दृढअठोट र कार्यसमितिका जुझारु पदाधिकारीहरुको खटाई र अग्रजको सल्लाहकार ज्युहरुको सफल कार्यकुसलताले गर्दा भब्य रुपमा सफल भएको कुरा निम्न तस्बिर हरु बाट पनि छर्लङ्ग हुन्छ।

समाज भन्ने बितिक्कै बर्ष को एक दुइ वटा पार्टीमा मात्रै सिमित नभएर अरु सामाजिक कार्यक्रम मा पनि भाग लिने छ भन्ने कुरामा पनि छर्लंग पारिएको छ। सयपत्री नेपाली सेवा समाज युके को पर्दा पछाडी सस्थाको कार्यासमितिले अरु पनि थुप्रै अत्यन्तै महत्वपूर्ण कार्य हरु गरिरहेको छ। त्यस्तै कार्यहरुमा छलफल गर्नको लागि भनेर गत अक्टोबर १९ गते आइतबारको दिन भेटघाट रेस्टुरेन्ट अल्डर्सर्टमा श्री दिलिप महरा ज्यु को अध्यक्षता मा विशेष बैठक बसेको थियो।

उक्त बैठकमा महासचिव ज्युहरु धन बहादुर परियार रबिन परियार र सल्लाहकार ज्यु हरु उत्तर बर्देवा, कुमार घले र किशोर महरा ज्युको पनि उपस्थिति थियो। जुन बैठक ले भैसकेका कार्यक्रमका सामन्य कमिकमजोरी लाई सुधार्दै अघि बढ्ने अनि भबिस्यका कार्यक्रममा अझ रोचक र पुर्ण रुपमा सफल बनाउने मुद्दा हरु मा छलफल गर्दै अघि बढनु पर्छ भन्ने कुरालाई पारित गरिएको छ । अझै पनि अरु परियार दाजुभाइ तथा दिदिबहिनी हरु यो समाज सङ्ग आबद्ध हुनु हुन्न भने उहाँ हरु लाई छिटो भन्दा छिटो समाजको सदस्यता लिएर यो आफ्नै परिवारको गोल्बन्ध भएको समाजमा आबद्ध हुनलाइ बिनम्र आग्रह पनि गरिएको छ । चाहे स्वदेश हो वा बिदेस नै किन नहोस आफ्नो दाजुभाइ र इस्ट्मित्र अबस्य चाहिन्छ भन्ने कुरा लाई विशेष प्राथमिकता दिएको छ।
किसान परियार






