भारतले जारी गरेको नक्साविरुद्ध एनआरएनए यूकेले यस्तो बोल्यो –विज्ञप्ति सहित

लन्डन । भारत सरकारले प्रकाशित गरेको नयाँ  नक्शालाई लिएर ध्यानाकर्षण भएको छ । गत अक्टुर ३१ मा भारतले जारी गरेको राजनीतिक नक्साको गैरआवासीय नेपाली संघ यूकेले विरोध जनाएको हो । अध्यक्ष पुनम गरुङ र महासचिव फणिन्द्र भटट्राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीमाना जस्तोे संवेदनशील सवालमा भारत सकारको एकतर्फी रवैया र बल मच्याइको घोर भत्सा र विरोध गर्दछ ।
दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्ष्क्को सहमति तथा ऐतिहासिक दस्तावेज एवम् प्रमाणका आधारमा टुग्याउनको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमले दुई देशबीचको सम्बन्धमा समेत असर पुग्न सक्ने हाम्रो ठहर छ ।
’ सम्पूर्ण गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने संघको मान्यताअनरुप गैरआवासीय नेपाली संघ बेलायतले सरोकार वाला सबैसँग यसको समाधानको निम्ति हार्दिक आह्वान गर्दछ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘भारतसँग सीमा विवाद समाधान गर्नका लागि तत्काल कूटनीतिक पहल सुुरु गर्न गैरआवासीय नेपाली संघ बेलायत नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।
आम बेलायतवासी नेपालीहरु समेत अत्यन्तै चासो र सरोकार रहेको यो मामिलामा गैरआवासीय नेपाली संघ बेलायत यसको निष्कर्षमा नपुगुन्जेल सम्बन्धित निकायमा आफ्नो आवाज बुलन्द गर्नेछ भन्ने विश्वास दलाउन चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *