सरकारको सय दिन नपुगेसम्म कांग्रेसले रोस्ट्रम नघेर्ने

nepali-Congress-flag_20110409091641[1]काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको सय दिन नपुगेसम्म रोस्ट्रम नघेर्ने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउन तत्काल रोस्ट्रम घेराउ नगर्ने निर्णय गरेको छ ।

संसद अबरोध र भावी रणनीतिका विषयमा छलफल गर्न बोलाइएको बैठकमा कांग्रेसले संसदमा बोलेर नै सरकारलाई संविधान संशोधनको विधेयक अघि बढाउन दबाब दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अनुसार सरकारको १ सय दिन नपुग्दै रोस्ट्रम घेर्दा नकारात्मक सन्देश जाने भन्दै रोष्ट्र घेराउ कार्यक्रम तत्काललाई रोकिएको बताए ।

उनका अनुसार कांग्रेस र अन्य दलहरुसँग मिलेर संसदमा बोलेर नै सरकारलाई दबाब दिने निर्णय कांग्रेसले गरेको छ ।