गुल्मी जिल्ला समाज यूकेको च्यारिटी १ डिसेम्बरमा: नौमतीमा प्रसादले नचाउने

शिब भण्डारी

लण्डन । गुल्मी जिल्ला समाज युकेले विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम गर्ने भएको छ । परोपकारी तथा सामाजिक कामहरुको आधारमा बेलायतकै अग्रणी नेपाली संस्थाका रुपमा चिनिने गुल्मी जिल्ला समाज यूकेले आउंदो डिसेम्बर १ तरिका का दिन एक च्यारिटी कार्यक्रम गर्ने भएको हो ।

विश्व अपांगता दिवसको अवसर पारेर समाजले हरेक वर्ष गर्दैै आएको च्यारिटी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने भएको हो । डिसेम्बर १ तारिख आइतबारका दिन दिउंसो २ बजेदेखि साउथ ईस्ट लण्डनको वुल्वीचस्थित लोटस क्लबमा कार्यक्रम निर्धारित छ ।

विगत एक दशकदेखि हरेक वर्ष अपांगतका दिवसको अवसरमा च्यारिटी कार्यक्रम गरेर समाजले सामाजिक कार्यहरुमा सहयोग पुर्याउंदै आएको छ । च्यारिटी कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु देखाउने तयारी पनि छ ।कार्यक्रममा सहभागितको लागि २५ पाउण्डको टिकट राखिएको छ ।

समाजकै निमन्त्रणमा बेलायत आएका गायका प्रसाद खप्तरी मगरको विशेष प्रस्तुतिका साथै प्रथम नौमती बाजा गुल्मी यूके र स्थानीय कलाकारहरुका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने समाजका महासचिव बीर बलालले लन्डन नेपाल न्युज लाई जनाए ।

यस वर्षको च्यारिटी कार्यक्रमका संयोजक उपाध्यक्ष राम सापकोटा,तथा सचिब मञ्जु खरेल लगायतको समुह यतिबेला कार्यक्रमको तयारीमा जुटेको छ ।

कार्यक्रममा सहभागी भइदिन तथा सहयोग गरिदिन समाजका अध्यक्ष टोप पल्लीले बेलायतबासी नेपालीहरुलाई आग्रह गरेका छन् । ‘अन्य संघसंस्थाहरुले गर्ने सामाजिक कार्यहरुमा पनि हरेक पटक हामीले सक्दो सहयोग गर्दै आइरहेका छौं’, अध्यक्ष पल्लीले भने, ‘त्यसकारण पनि हाम्रो यो च्यारिटी कार्यमा अन्य संघसंस्था तथा समाजका अगुवाहरुबाट सहयोग पाउनेछौं भन्ने आशा गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *