कमल गाउँपालिकामा कांग्रेस–एमालेको बराबर मत

दमक– झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस–एमालेको बराबर मत आएको छ । कांग्रेसका हुकुमरसिंह राई र एमालेका मेनुका काफ्लेको बराबर ८ हजार २ सय ७५मत पाएका छन् ।

मत बराबरी भएपछि दुवै पार्टीले पुन: मतगणनाको माग गरेका छन् । मतदान अधिकृतको कार्यालयले निर्वाचन आयोगसँग परामर्श गरेपछि निर्णय गर्ने बताएको छ ।

उपाध्यक्षमा भने एमालेका बेणु सिवाकोटी निर्वाचित भएका छन् । उनले ९ हजार ४ सय १६ मत पाए भने कांग्रेसका दीपा गौतमले ४ हजार ९ सय ९२ मत पाएकी छन् ।