कपिलबस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकामा स्वतन्त्र उम्मेद्धवार रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाह संघीय समाजवादी फोरमको बागी उम्मेदवार हुन् |
शाह ७ हजार ३ सय २८ मतसहित विजयी भएका हुन् । शाहका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका शिवप्रसाद कलवारले ३ हजार २ सय ५ मत पाएका छन् ।
यसअघि कपिलबस्तुकै शुद्धोदन गाउँपालिकामा निसार अहमद खाँ निर्वाचित भएका थिए ।






