काठमाण्डौ मंसिर २७– एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डले भोलि सोमबारबाट बस्ने केन्द्रिय समितिको बैठकमा प्रस्तुत हुने राजनितिक प्रतिबेदन लेखिसकेका छन् । प्रचण्डको प्रतिबेदन र भोलिको केन्द्रिय समितिको बैठकको तयारि स्वरुप आजै दिउसो ३.०० बजेबाट बस्ने भनेको बैठक भोलि बिहान ८ बजेका लागि स्थायि समिति तथा पोलिब्यूरोका सदस्यहरुको अनौपचारिक बैठक प्रचण्ड निबास लाजिम्पाटमा बोलाइएको छ । दिबंगत नेता पोष्टबहादुर बोगटीको निधनपश्चात एकिकृत नेकपा माओबादीले केन्द्रियस्तरका कुनै पनि बैठक राख्न सकेको थिएन । गत बैशाखमा बिराटनगरमा सम्पन्न बिशेष अधिबेशनबाट फरकमत राख्दै केन्द्रिय समिति बाहेकका उपल्ला सम्पूर्ण कमिटिहरुमा नबस्ने घोषणा गरेको बाबुराम पक्षले भोलिको बैठकमा भाग लिने सकेंत देखाएको छ । केन्द्रिय स्रोतका अनुसार केन्द्रिय समितिको बैठकको तयारी स्वरुप नै यसअघि अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइकाबिच अनौपचारिक बैठकहरु सम्पन्न भइसकेका छन् । प्रचण्ड र बाबुराम भट्टराइबिचमा संगठनात्मक नेतृत्व बाबुरामलाई दिने सहमति भएपछि दूबै पक्षका दोस्रा तहका नेताहरुबिचमा समेत सुटुक्क छलफल गरिएको थियो । केहिदिन अघिमात्रै पार्टीका युवा नेता तथा सचिब बर्षमान पूनको निवासमा बसेको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरणको प्रस्ताब गरेका थिए । पूर्व स्थायि समितिका सदस्यहरुलाई मात्रै बोलाइएको बैठकमा केही स्थायि समितिका सदस्यहरुले अनौपचारिक र नेताहरुको घरमा बोलाइएको बैठकमा नजाने भन्दै बैठकमा भाग लिएका थिएनन् । बैठकमै भाग लिने केही सदस्यहरुले नेतृत्व हस्तान्तरणको बिषय कुबेलामा ल्याएको भन्दै बिधि प्रकृयामा छलफल गर्न सूझाएको समेत एक स्थायि समिति सदस्यले बताए । नेतृत्व आफूमा आउने निश्चित भइसकेपछि बाबुराम पक्ष समेत भोलिको बैठकमा सहभागि हुनेछ । भोलिकै केन्द्रिय समितिको बैठकबाट केन्द्रिय समिति भंग गरि महाधिबेशन आयोजक समिति निमार्ण गर्नेछ । तयारि अनुरुप एक बर्षभित्रै सम्पन्न गर्ने गरी महाधिबेशन मिति तोकिने छ । – See
एमाओबादी स्थायी समिति बैठक स्थगीत






