काठमाडौं– राष्ट्रपति रामवरण यादवले पाकिस्तानको पेसावरस्थित विद्यालयमा भएको आतंकवादी आक्रमणप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति यादवले बुधबार पाकिस्तानी समकक्षीलाई सन्देश पठाउँदै पाकिस्तानी जनता, पीडित परिवारप्रति समवेदना प्रकट गरेका हुन्। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रपति यादवले आतंकवादी गतिविधिको जति विरोध गरे पनि कम हुने उल्लेख गरेका छन्।
पाकिस्तानको पेसावरस्थित एक विद्यालयमा मंगलबार भएको आतंकवादी आक्रमणमा परी १ सय ३२ विद्यार्थीसहित १ सय ४१ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।






