सीतादेवी अनलाइन अन्तर्राष्ट्रिय पुरस्कार लुइँटेल र गौतमलाई

काठमाडौं । यस वर्षको सीतादेवि अनलाइन अन्तर्राष्ट्रिय पुरस्कार पत्रकारद्वय श्याम लुइँटेल (यूके) र युवराज गौतम (नेपाल) लाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ । प्रवाशमा नेपालीसँग सम्बन्धित समस्या तथा मुद्दामा कमल चलाइरहेका पत्रकार लुइँटेल यूकेबाट सञ्चालित वीनेपाली डट कमको सम्पादक मण्डलमा छन् भने गौतम इमेज खबर डटकमको डेस्क इडिटर हुन् ।

दुई दशक लामो पत्रकारिताको अनुभव भएका लुइँटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुँदै बेलायतमा सञ्चालित न्युज पोर्टल वीनेपाली डटकममा सक्रिय द्वय श्याम लुइँटेल (यूके) र युवराज गौतम (नेपाल) लाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ । प्रवाशमा नेपालीसँग सम्बन्धित समस्या तथा मुद्दामा कमल चलाइरहेका पत्रकार लुइँटेल यूकेबाट सञ्चालित वीनेपाली डट कमको सम्पादक मण्डलमा छन् भने गौतम इमेज खबर डटकमको डेस्क इडिटर हुन् ।

दुई दशक लामो पत्रकारिताको अनुभव भएका लुइँटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुँदै बेलायतमा सञ्चालित न्युज पोर्टल वीनेपाली डटकममा सक्रिय छन् । समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण लुइँटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै गौतम करिब दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय छन् ।

नेपाल र विदेशमा एनआरएन अभियानमा कमल चलाउने पत्रकारलाई प्रोत्साहन गर्न सीतादेवी अनलाइन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना भएको थियो । गैरआवासीय नेपाली संघका अभियान्ता चिरञ्जीवी ढकालकी ममतामयी माता स्वर्गीय सीतादेवी ढकालको नाममा स्थापना गरिएको सो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ ।

यसैगरी यस वर्षको एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार लन्डनमा सक्रिय पत्रकार धु्रवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । एक लाख रुपैयाँ राशीको पुरस्कार प्रत्येक दुई वर्षमा नेपाल र नेपाल बाहिर रही नेपाली पत्रकारितमा सक्रिय एक–एकजना पत्रकार वा संस्थालाई प्रदान गरिन्छ । पत्रकार अर्याल बेलायतबाट प्रकाशन हुने नेपालीपत्रका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *