काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जीनपिङको उपस्थितीमा नेपाल र चीनबीच विभिन्न डेढ दर्जन समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सीबीच शिष्टाचार भेट लगत्तै राजधानीको सोल्टी होटलमा दुई पक्षबीच वार्ता र समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दुई देशबीच रेलसहित डेढ दर्जन विकास आयोजना अघि बढाउने समझदारी भएको छ । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीमा समझदारी भएको छ । यसैगरी, केरुङ–काठमाडौं सडकमार्गको स्तरोन्नति र टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्र आदान–प्रदानभएको छ ।
काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तार तथा तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र पनि आदान–प्रदान भएको छ । चीनले मदन भण्डारी प्राविधिक विश्वविद्याय बनाइदिने सहमति भएको छ । कृषि र पर्यटनसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । गल्छी–केरुङ जलविद्युत प्रसारण लाइन निर्माणसम्बन्धी समझदारी भएको छ ।






