लन्डन– पपुवा न्यु गिनी (पिएनजी) शनिवार ७.९ रेक्टर स्केल मापनको शक्तिशाली भूकम्प गएको छ । भूकम्प लगत्तै सुनामीको खतरा रहेको अधिकारीहरुले औल्याएका छन् । हालसम्म भुकम्पबाट भएको क्षेतीको विवरण आएको छैन ।
अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रले प्रारम्भमा ८ रेक्टरस्केल र ७३ किमी गहिराई मापन गरेको भूकम्प पछि पीएनजीको पूर्वी क्षेत्र रवौल केन्द्र विन्दु ७.९ रेक्टरस्केल र १ सय ५७ किमी गहिराईमा गएको बताएको थियो ।
पीएनजी प्राय: भूकम्प गइरहने क्षेत्रमा पर्छ । भूकम्पपछि पीएनजीमा सुनामी छालहरुको अवलोकन गरीरहेको ‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले जनाएको छ ।






