मुटु छेडी जाने तिमीलाई

k1रमेश भट्टराई -लिस्वोन , पोर्तुगल

मुटु छेडी जाने तिमीलाई कहाँ देखु भैरहे छ मन चोरी लाने निस्ठुरीलाई नै भेटु भैरहे छ ।

पिडा दीइ किन तिमी गयौ टाढाटाढा मन देखि पछ्याइ तिमीले जाने गोरेटोमा छेकु भैरहे छ ।

यती धेरै कठोर हुँदै तिमी मलाई छोडी जाँदा अब यहाँ बोलाएर नै सम्बन्ध मेटु भैरहे छ ।

तिमी निस्ठुरीले सक्दी रहिछ्यौ जसो नै गर्दा पनि सहन नसकी आज आँफैलाई रेटु भैरहे छ ।