‘बिग आइकन’ साजनले भोलि गोल्डेन सिपमा प्रस्तुति दिने

लन्डन– बेलायत भ्रमणमा रहेका छैटौं बिग आइकन साजन आलेले शुक्रबार साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा प्रस्तुति दिने भएका छन् ।golden-sip

बेलायतमा भएका विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका साजनले गोल्डेन सिपले नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा दर्शकमाझ देखिने भएका छन् । संस्थाका निर्देशक देव गुरुङले कार्यक्रममा सहभागिताका लागि बेलायतवासी नेपालीमा अपिल गरेका छन् ।sajan1

द ब्रिटिस कलेज र नेपालीपत्रको निमन्त्रणामा डिसेम्बर १८ मा लन्डन उत्रिएका साजन प्रवासी नेपाली मञ्चसहित गोर्खा स्पाइस वर्ल्ड, चौतारी रेस्टुरेन्टमा प्रस्तुत भइसकेका छन् ।

साजनले ३१ तारिख शनिबारका दिन तमु धिं यूकेले रेडिंगमा आयोजना गर्ने ल्होछार कार्यक्रममा गीत गाउने बताइएको छ । त्यहाँ उनलाई सम्मान गर्ने कार्यक्रम तय भइसकेको छ ।जनवरी १ मा अल्डरसटस्थित निरमाया रोधीघरमा साजनको प्रस्तुति रहनेछ ।जनवरी ४ तारिखमा प्लमस्टिडस्थित चौतारी रेस्टुरेन्टमा प्रस्तुति दिने कार्यक्रम छ ।

पोखरास्थित बीग एफएमका अध्यक्ष महेश भण्डारीसहित बेलायत आएका साजन जनवरी ५ मा नेपाल फर्कंदैछन् ।