जनार्दन घिमिरे,
गुल्मी समाचारदाता
गुल्मी, २ साउन । ‘पाँच–छ वर्षसम्म निदाएर बस्ने, दुई दिनमा मस्यौंदा वोकेर गाउँ आउँदैमा कसरी जनताको सुझाव वटुलीन्छ र ? वेकारमा राज्यको ढुकुटी खर्चगर्ने नाटक मात्र होे यो,’ संविधानको पहिलो मस्यौदा माथि सुझाव संकलनका लागि गुल्मी आईपुगेका सभाषद्हरुलाई सनिवार आयोजित एक कार्यक्रममा जिल्लाका नागरिकहरुले यस्तै यस्तै प्रश्न गरे ।
नेपाल नागरिक समाजले शनिवार सदरमुकाम तम्घासमा सभासद् र नागरिकहरुवीच आयोजना गरेको मस्यौदाउपर छलफल कार्यक्रममा ‘वर्षाको समयमा विचरा दुख पाउँदै मस्यौंदा बोकेर भएपनि आउनु भएछ’ भन्दै सभाषद्हरुलाई घुमाउरो पाराले व्यंग्य गर्न समेत नागरिकहरु पछि परेनन् । उनीहरुले सभाषद्हरुले जिल्लावाट टिपेर लगेका कुराहरु माथि पुगेपछि कुन टोकरीमा थन्किने हुन् भन्दै आफ्ना कुराहरु समावेश होलान भन्ने कुरामा आफुहरु आशावादी नभएको पनि वताए ।
‘हुन त माथि पनि तपाईहरुको मात्र के चल्छ र ? त्यही पनि आफ्ना मनमा लागेका कुराहरु राख्यौं भनेर हामीले सन्टुष्टि लिने मात्र न हो,’ प्रध्यापक दीन पन्थीले भने । ‘लोकतन्त्र वलीदान गरेर पाईयोे, गणतन्त्र नारा लगाएर पाईयोे, हैन यो धर्म निरपेक्षता के गरेर पाईयो ? जनताले माग्दै नमागेको चिज कस्ले दियो’ भन्दै उनीहरुले सभासद्हरुसँग प्रति प्रस्न तेस्र्याय । नागरिकहरुले अरुवाट थोपरीएको धर्मनिरपेक्षता आफुहरुकालागि कदापि मान्य हुनै नसक्ने वताए । धर्म निरपेक्षताको सम्वन्धमा जनमत संग्रह गर्नु पर्ने उनीहरुको सुझाव थियो ।
छलफल कार्यक्रममा हरेक क्षेत्रमा शैक्षीक योग्यताको मापन हुने तर देश चलाउन जानेहरुलाई योग्यता निर्धारण गर्नु नपर्ने ? भन्दै देश चलाउन जानेहरुको लागि पनि शैक्षीक योग्यता यति हुनुपर्छ भनेर मस्यौदामा अनिवार्य निर्धारण गर्नु पर्ने सुझाव दिए । संविधान सभा नागरिक सम्वन्ध तथा सुझाव समितिले संविधानको पहिलो मस्यौदा माथि सोमवार जिल्लाका तीनवटै क्षेत्रहरुमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजनागरि जनताहरुसँवाट सुझाव संकलन गर्ने कार्यक्रम समेत तय गरिसकेको छ ।






