जनसम्पर्क समिति बेलायतको(खनाल समूहले) क्रियाशील सदस्यशुल्क पार्टीलाई बुझायो

लण्डन ,

नेपाली कांगे्रसको तेह्रौं महाधिवेशन नजिकिदै गर्दा जनसम्पर्क समिति बेलायतको (खनाल समूहले)  क्रियाशील सदस्य फराम दस्तुर सहित सभापति चेतनाथ खनालले केन्द्र मा बुझाएका छन् । महामन्त्री युवराज सिंह, उपसभापति विकास देवकोटा र राजकुमार शाक्यले जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्य फराम दस्तुर गत जुलाई ७ तारिखमा बुझाइएको हो । दस्तुर पार्टी मुख्य सचिव ऋषिकेश तिवारीलाई बुझाई पार्टी सभापति सुशील कोइरालालाई जानकारी सभापति खनालले गराएको बताइन्छ । 11739536_10204601244579914_94650291_n[2]

नेपाली जनसम्पर्क समिति बेलायतले ५ सय १६ क्रियाशील सदस्य र शुल्क ११ लाख ४७ हजार पाँच सय बुझाएको थियो । नेपाली कांगे्रस केन्द्रीय समितिबाट आधिकारिक तोकिएको निर्वाचन संयोजक डा. सम्पूर्णानन्द ढुंगानासहित संस्थापक सभापति डा. पुरुषोत्तम पौडेल र पूर्व सभापति विनोद मोक्तानको उपस्थितिमा गत २२ सेप्टेम्बर २०१३ मा नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न भएको दाबी खनाल समूहले गरेको छ । केन्द्रीय प्रतिनिधिको रुपमा विदेश विभागीय सदस्य विज्ञान प्रसाईको उपस्थिति रहेको थियो ।  विधि र नेपाली कांगे्रसको विधानसम्मत सम्पन्न अधिवेशनबाट निर्वाचित सभापति चेतनाथ खनाल रहेको दाबी जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन अगस्टको अन्तिम साता केन्द्रीय नेताहरुको उपस्थितिमा उलविच लण्डनमा हुने बताइएको छ । केही समयअघि गुरुङ सभापति रहेको समूहका उपाध्यक्ष युवराज गुरुङ र महामन्त्री राजकुमार त्रिपाठीले पनि पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्य शुल्क बुझाएको बताइएको छ ।

एनपीसी, यूकेमा लामो समयसम्म विवाद रहिरँदा पनि केन्द्रले आवश्यक ध्यान नदिएको र आपसमा मिलेर जान पनि नसकेको कारण अहिले बेलायतका कांगे्रसीहरु अलमलमा देखिन्छन् ।