‘चाहिए जति विजुली पाइयो, कुलमान जस्ता धेरै चाहियो !’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शनिबार राजधानीमा र्‍याली निस्किएको छ ।

‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली को व्यवस्थापनमा प्रदर्शन भएको हो । भृकुटी मण्डपबाट सुरु भएको र्‍याली खुल्लामञ्चमा पुगेर साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै लोडसेडिङ हटाएर घिसिङ चर्चामा आएका छन् । तर, उनका विरोधीहरुले घिसिङविरुद्ध षडयन्त्र गरिरहेको र देशलाई पुनः अन्धकारमा धकेल्ने चलखेल भइरहेका समाचार सार्बजनिक भइरहेका छन् ।

यसअघि लोडसेडिङ मुक्त अभियानमा बाधा पुर्‍याएको भन्दै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका तीन जना सञ्चालकसँग स्पष्टिकरण मागेको थियो ।

img_6756

अनलाइनखबर बाट