काउन्सिलर प्रवेश केसीले अल्डरसटमा खोल्दै लक्स लेजर एण्ड स्किन क्लिनिक

शिव भण्डारी
लन्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको अल्डरसटस्थित रसमोर बरो काउन्सिलका काउन्सिलर  प्रवेश केसीले लक्स लेजर एण्ड स्किन क्लिनिक सञ्चालनमा ल्याउने भएका छन्  ।

प्रोपर्टी विजनेशमा संलग्न युवा व्यवसायी केसीले फरक खालको सौन्दर्य सम्बन्धि व्यवसाय शुरु गरेका हुन् ,अत्याधुनिक र एडभान्सड प्रविधिका मेसिन र कर्मचारीहरु राखेर क्लिनिक सञ्चालनमा ल्याउन लागेको केसीले लन्डन नेपाल न्युज लाई बताए ।

आफ्नो क्लिनिकले लेजर मेसिनबाट शरीरका हरेक ठाउंको करिब ९५ प्रतिशत रौं हटाउने (हेयर रिमुभल), पिगमेन्टेसन ट्रिटमेन्ट (पोतो हटाउने), ट्याटु हटाउने, चाउरी परेको आंखा वरिपरीको भाग र अन्य अंगमा ब्युटी इन्जेक्सन मार्फत छाला नरम बनाउने, अनुहारमा चमक लगायत सेवा दिने व्यवसायी केसीले बताए ।

५ देखि ६ पटक हरेक एक वा दुई हप्तामा उपचार गर्दा मानिस १० वर्ष कलिलो देखिने दावी केसीको छ । उपचार गर्दा दुखाइ नहुने पनि उनले बताए ।

उक्त क्लिनिकमा सेवा लिन लक्स लेजर एण्ड स्किन डटकममार्फत अग्रीम अनलाइन बुक गर्नुपर्नेछ । ‘ग्राहकले अनलाइन सिस्टमबाटै बुकिंग र उपचार शुल्क पनि अनलाइनबाट तिर्नु पर्नेछ । यो क्लिनिक फ्रेन्चाइज गर्न इच्छा भए हामी तालिम दिने, पसल सेटअप सहित योग्य कर्मचारी पनि व्यवस्था गरिदिने छौं’, केसीले लन्डन नेपाल न्यूजसंग भने ।