राजनीति घुसपैठ भए एनआरएन भन्ने संस्था रहँदैन : अध्यक्ष तिम्लिसना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसनाले गैरआवासीय नेपाली संघभित्र राजनीति घुसपैठ भए संस्था नरहनसक्ने तर्फ सुझाएका छन् । धौलागिरी समाज नेपालले आयोजना गरेको धौलागिरी क्षेत्रमा पर्यटन र लगानीको सम्भावना तथा एनआरएए प्रतिनिधि स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् । उनले सहमतिमा नेतृत्व छनोट गरे एनआरएन संस्थाको भविष्य उज्जवल रहने र धौलागिरीको पर्यटन फस्टाउने बताए ।

विश्व सम्मेलनमा सहभागी हुन काठमाडौंमा भेला भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरुले धौलागिरीको पर्यटन र लगानीको विषयमा भन्दा पनि गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा आफू उम्मेदवार भएको र सहयोग गर्न सबैसँग आग्रह गरेका थिए ।

धौलागिरी क्षेत्रबाट नेतृत्वका लागि उम्मेदवार घोषणा गरेका अधिकांशले आफ्ना लागि मत मागेका थिए । अध्यक्ष पदमा उम्मेवारी घोषणा गरेका कुल आचार्यले आफू धौलागिरीको पर्यटन विकासका लागि चिन्तत भएको बताएका थिए । यसपटक एनआरएनको नेतृत्व धौलागिरी क्षेत्रबाटै हुनुपर्ने जिकिर गर्दै सबैसँग सहयोगको आग्रह गरे । आचार्यले भने, ‘तपाईंहरुकै भाइ भतिजो अध्यक्ष पदमा उम्मेदवार बनेको छ, जिताउने वा हराउने तपाईहरुकै जिम्मामा छ ।’ यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार कुमार पन्तले आफू पनि ४ नम्बर प्रदेशकै भएकाले सहयोग गर्न आग्रह गरे ।

यस्तै महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका डा. हेमराज शर्माले बाग्लुङमा आफूले बिताएको बाल्यकालको स्मरण गरेका थिए । गैरआवासीय नेपाली संघमा पछि समयमा राजनीति हाबी भएको भन्दा उनले चिन्ता व्यक्त गरेका थिए । संघमा राजनीतिक हाबी भएकै कारण गैरआवासीय नेपाली संघका्े ूस्थापना दिवसमा पूर्वअध्यक्षहरु उपस्थित हुन नसकेको भन्दै उनले एनआरएन विशुद्ध सामाजिक संस्था भएका कारण यसलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी रविना थापाले एनआरएनमा महिला प्रतिनिधित्व एकदमै थोरै भएकाले महिलाका मुद्दा सम्बोधन हुन नसकेको बताइन् ।

कार्यक्रममा उपाध्यक्षका अर्का उम्मेदवारी घोषणा गरेका अर्जुनकुमार श्रेष्ठ, कोषाध्यक्षका उम्मेदवारी घोषणा गरेका सोम सापकोटा र महेश श्रेष्ठ त्यस्तै सचिवका उम्मेदवारी घोषणा गरेका शिव वरुवाल, यूरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका एकराज गिरी, गंगाधर गौतम, यस्तै गोविन्द श्रेष्ठ, हरिबोल भण्डारी, पारसमणि पोखरेल, रमेश भट्ट, नारायण कँडेल, डिपी वाग्ले, दयानिधि सापकोटा, आरके शर्मा, संगीता महरठ्ठा, गोविन्द गौतम, खड्ग केसी, विनोद कुँवरले र नारायण आचार्यले बोलेका थिए ।

अध्यक्ष मुकुन्द शर्मा पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद डा. सूर्य पाठक, देवेन्द्र पौडेल, नेपाली कांगे्रसका केन्द्रीय सदस्य अर्जुन जोशीलगायतले धौलागिरीको पर्यटन र सम्भावनाका बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *