डेलिगेट्सको नामावलीमा ‘धाँधली’ हुन थाल्यो : कुल आचार्य (अध्यक्षका प्रत्यासी)

काठमाडौं । गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी कुल आचार्यले सम्मेलनमा सहभागी हुने डेलिगेट्सको नामावलीमा धाँधली सुरु भएको बताएका छन् । लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिव भण्डारीसँग कुरा गर्दै उनले ‘धाँधली’ शब्द उच्चारण नगरी डेलिगेट्सको नामावली तलमाथि बनाउन थालिएको बताएका छन् । उनले भने, डेलिगेट्सको नामावली दर्तामा धेरै साथीहरुले गुनासो गरिरहेका छन् । नामावली परिवर्तन गर्ने काम भित्रभित्रै भइरहेको साथीहरुले गुनासो गरेका छन् ।’

कसले यस्तो काम गर्दैछ भन्ने जिज्ञासामा अध्यक्षका प्रत्यासी आचार्यले भने, ‘नामावली तलमाथि बनाउन भित्री खेल भइरहेको हाम्रो जानकारीमा आएको छ । अरु कुरा छाड्दिऔं, बेलायतबाट डेलिगेट्स बन्नुभएका साथीहरुको नाम पहिला थियो, अहिले यहाँ हटाइएछ । यस्ता अनियमितता भएको धेरै गुनासो मकहाँ आएको छ ।’

‘यस्तो काम कसले गर्दैछ त्यसको खोजी हामी गर्दैछौं’, उनले भने, ‘यस्तो नचाहिँदो काम नगर्न म अनुरोध गर्दछु । सच्चा एनआरएनलाई नाम दर्ता गर्न सहज वातावरण होस् भन्ने माग गर्दछु ।’ सहमतिमा अध्यक्ष छाड्दै हुनुहुन्छ नि भन्ने सञ्चारमाध्यममा आएको खबरबारे ध्यानाकर्षण गराउँदा उनले भने, ‘त्यस्ता समाचारमा कुनै सत्यता छैन ।’

https://www.facebook.com/londonnepalnews/videos/436237233696568/?t=17

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *