नेपाली जनसम्पर्क समिति पोर्चुगलमा नयाँ कार्यसमिति

1

 

 

 

 

 

पोर्चुगल १६ चैत । नेपाली जनसम्पर्क समिति पोर्चुगलको चौँथो महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । पोर्चुगलेका राजधानी लिस्वनमा आईतबार सम्पन्न चौथो महाधिवेशनले लक्ष्मी प्रसाद सापकोटाको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वीरोध निर्वाचित गरको हो ।
समितिको उपसभापतिमा सुशिला गैरे, तिलक गैरे र अमृत गुरुङ्ग रहनुभएको छ । समितिको महामन्त्रीमा विनोद घिमीरे, सह महामन्त्री काजि शेर्पा, कोषाध्यक्ष कुवेर कार्की हरनुभएको छ ।

2
नेपाली काँग्रसका केन्द्रिय सदस्यद्वय धनराज गुरुङ्ग र गगनकुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सन् २००६ मा स्थापित जनसम्पर्क समिति पोर्चुगलको नियम कानुन अनुसार दर्ता गरिएको एक अग्रणी संस्था हो  । यो संस्था सांगठनिक तथा संख्यात्मक दृष्टिकोणले समेत बलियो मानिन्छ ।
महाधिवेशनमा माओवादी  कार्यकर्ताले कालो झण्डा देखाएपछि झडप भएको थियो । झडपमा केही माओवादी कार्यकर्ता घाईते समेत भउको जनाईएको छ ।

3