पोर्चुगल- जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशनमा सहभागी हुन आएका गगन थापा र धनराज गुरुङलाई पहिचानवादीहरूले कालो झण्डा देखाउन खोज्दा झडप भएको छ ।
आयोजक जनसम्पर्क समितिका सदस्यहरूले पहिचानवादीको सगठन संयुक्त संघर्ष समिति पोर्चुगलका सदस्यहरूमाथि आक्रमण गरेका छन् । संघर्ष समितिका सदस्यहरू कालो झन्डा, पम्पलेट र पहिचान झल्कने नारावाजीसहित विरोध प्रदर्शन गरिरहेको बेला आयोजक समितिका व्यक्तिहरूले एकोहोरो आक्रमण गरेको पहिचानवादीहरूले आरोप लगाएका छन् ।
आयोजक जनसम्पर्क समितिका निवर्तमान अध्यक्षसहितले पहिचानवादीहरूलाई मुक्का, लात्ती प्रहार गरेका थिए । संघर्षसमितिका पदाधिकारीहरूका अनुसार जनसम्पर्क समितिका व्यक्तिहरूले घाटी समातेर निचोर्ने, टाउको तथा संवेदनशील अंगहरूमा समेत प्रहार गरे । औपचारिक कार्यक्रममा हंगामा भएपछि सुरक्षाकर्मीहरू आएर नियन्त्रण गरेका थिए।






