ट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

काठमाडौं। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्। अनेरास्ववियु संगठनका विद्यार्थीले बिहिबार काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

आन्दोलनरत विद्यार्थी र प्रहरीबीच केहीबेर धकालाकेलसमेत भएको थियो। विद्यार्थीलाई रोक्ने क्रममा सामान्य बल प्रयोग गरेको थियो।नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ।