कारमा नेपाली झन्डा राखेर अस्ट्रेलियामा फराइने

अनु लामा
सिड्नी । विश्वकप छनोट अन्तर्गत आगामी अक्टोबर १० तारिखमा क्यानबेराको जिआइओ स्टुडियममा नेपाल र अस्ट्रेलियाबीच फुटबल खेल हुँदैछ । उक्त फुटबल खेलमा नेपाली टोलीलाई हौसला दिन विभिन्न योजना बनाइएको छ । हौसला प्रदान गर्ने योजनामध्ये कार विन्डो फ्लाग (कारमा नेपाली झण्डा फर्फराउने) पनि राखिएको छ ।

खेल हेर्न अष्ट्रेलियाको विभिन्न शहरबाट नेपालीहरु क्यानबेरामा जाने बेलामा उनी सवार कारमा नेपाली झन्डा फर्फरउदा छुट्टै आभास हुनुका साथै नेपाललाई चिनाउने एउटा उत्कृष्ट अवसरसमेत भएको अभियान्ताहरुले बताएका छन् । यो अभियानले भिजिट नेपाल–२०२० लाई समेत सहयोग हुने उनीहरुको विश्वास छ ।

नेपाली खेलाडीहरुले अस्ट्रेलियासँग खेल्ने र अष्ट्रेलियामा रहेका सबैलाई नेपाली झन्डा फरफराउने सुनौलो अवसर भएको बताइएको छ । नेपाली समुदायले राष्ट्रिय खेलाडीको सम्मान स्वरुप खेल हेर्न जाँदा सबैले यो झन्डा लिएर जान सकिने बताइएको छ । खेल सञ्चालन भइ रहदा हातमा समेत झन्डा लिन सकिने अभियान्ताहरुले बताएका छन् । यो झन्डा सिड्नीका बिभिन्न नेपाली ग्रोसरी पसलमा उपलब्ध भएको बताइएको छ । झन्डाको १० डलर मुल्य तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *