स्कूल बस र रेल आपसमा ठोक्किदा चारजनाको मृत्यु, २० जना घाइते

पेरिस। फ्रान्सको मिलाजमा स्कूल बस र रेल एकापसमा ठोक्किंदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

घाईतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको स्कूलबाट घर फर्कने क्रममा रहेका विद्यार्थी चढेको बसमा रेलले ठक्कर दिएको हो ।

मृत्यु हुनेमा १३ देखि १७ बर्ष उमेर समूहका बालबालिका छन् । दुर्घटनामा घाईते महिला चालकमाथि अनुसन्धान थालिएको छ । दुर्घटनामा परेको बस दुई टुक्रा भएको छ ।