नेदरल्यान्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले अगस्ट ३१ तारिखका दिन नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तिज भब्य रुपमा मनाउने भएको छ ।
ख्याती प्राप्त स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम सहित नेदरल्यान्ड्समा रहेका दिदीबहिनीहरुलाई महान चाड हरितालिका तिजमा मिष्ठान्न भोजन (दर) ख्वाउने कार्यक्रम रहेकोले सम्पूर्ण महिला दिदीबहिनीहरुलाई उपस्थित हुनका लागि अनुरोध गरिसकिएको संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि) ले जानकारी गराएका छन ।
एक वर्षमा एक पटक आउने महान चाड आपसी सद्भाव, दिदीबहिनीहरु भेला हुने एउटा सुनौलो अवसरको रुपमा लिइएकोले सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई आमन्त्रण गरिएकोले उक्त कार्यक्रम एनआरएन नेदरल्यान्ड्स कि महिला संयोजक अर्चना पाण्डेको संयोजकत्वमा गर्न लागिएको संघका महासचिब जितेन्द्र कुमार श्रेष्ठले जानकारी गराए ।
द्रोण रिजाल






