एनआरएनए कतारको अध्यक्षमा मुक्तादा, युएइमा प्रकाश निर्विरोध अध्यक्ष

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा मुक्तादा मुसलमान बिजयी भएका छन् युएइमा प्रकाश कोइरालाको टिम विजयी भएको छ । एनआरएन कतारमा अध्यक्षका अर्का प्रत्यासी तेज कटुवाल पराजित भए ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्वितिय उपाध्यक्षमा कुमार खड्का, तृतीय उपाध्यक्षमा सरिता भण्डारी (निर्विरोध) महासचिवमा पदम गिरि, सचिवमा नियम भुजेल र अफसर अलि तथा कोषाध्यक्षमा बिनोद बसौला र सहकोषाध्यक्षमा तन्बिर विजयी भएका छन् । यस्तै आईसीसी सदस्यहरुमा केवि हमाल, रमेश भट्ट, होमनाथ शर्मा, र युवराज शर्मा चयन भएका छन् ।

युवा संयोजकमा रबिन मगर, महिला संयोजकमा अम्बिका खत्री (निर्विरोध) भएका छन्। दोहास्थित नेपाली राजदुतावासमा शुक्रबार सम्पन्न भएको थियो। अन्य सम्पूर्ण पदहरुमा पनि मुक्तादा समूह नै विजयी भएको छ । मुक्तादालाई प्रवसी नेपाली मंच, जनजाति महासंघले समर्थन गरेका थिए ।

एनआरएनए युएइमा अध्यक्ष प्रकाश कोईरालासहित निर्विरोध निर्वाचित भए । यसैगरी उपाध्यक्षमा राजन खतिवडा, निरञ्जन सिलवाल, पासाङ शेर्पा, महासचिवमा निश्चल दाहाल, सचिवमा जीवन दास, रमेश क्षितिज, युवा संयोजक मदन अधिकारी, कोषाध्यक्षमा बिकाश शाही, सहकोषाध्यक्षमा फडिन्द्र ढकाल निर्वाचित भए । साथै आईसीसी सदस्यमा ठाकुर ढ़ूँगना, नेत्र शर्मा र राजु केसी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *