एजेन्सी- उत्तर कोरियाली नेता किम जङ उनले सबै क्षेप्यास्त्र परीक्षण स्थगित गर्ने र तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने बताएका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार उक्त निर्णयको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ ।
कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ एप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ ।
किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मून जे(इनसँग आउने हप्ता भेटवार्ता गर्दैछन् ।
उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आउँदो जुनमा एउटा अभूतपूर्व शिखर बैठक गर्ने अपेक्षा गरिएको छ ।
बहालवाला अमेरिकी राष्ट्रपति र कोरियाली नेताबीच बैठक भएको पहिलो पटक हुनेछ ।
केही दिन अगाडि मात्रै किमसँग सीआइए प्रमुखले भेटेको ट्रम्पद्वारा पुष्टि भएको थियो ।
किमको निर्णयको अमरेरिकाले स्वागत गरेको छ ।
क्षेप्यास्त्र परीक्षण बन्द गर्ने किमको घोषणापछि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्-यो उत्तर कोरिया र विश्वकै लागि एकदम सुखद खबर हो। ठूलो प्रगति ।






