प्रदेश ५ ले प्रदेश सभा स्थापना दिवस मनाउने

बुटवल- प्रदेश नम्बर ५ को प्रदेश सभाले सोमबार प्रदेश सभा स्थापना दिवस मनाउने भएको छ । गत वर्ष माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर प्रदेश सभाले स्थापना दिवस मनाउन लागेको हो ।

स्थापनाको अवसरमा दिउँसो १ बजे प्रदेश सभा सचिवालयमा विशेष समारोहको आयोजना गरिएको छ । मुल समारोहलाई प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल र मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेश सभा दर्पणको लोकार्पण, उत्कृष्ठ कर्मचारी, मर्यादापालकलाई पुरस्कारसमेत प्रदान गर्ने प्रदेश सभा सचिव दुर्भल कुमार पुन मगरले जानकारी दिए ।

अहिले, प्रदेश सभामा हिउँदे अधिवेशन चलिरहेको छ । दोस्रो अधिवशेन ३३ घण्टा २० मिनेट बसेको थियो । जसमा २८ वटा बैठक बसेका थिए । हिउँदे अधिवशेनअन्तर्गत तेस्रो अधिवेशनमा १३ वटा बैठक बसेको छ । जसमा १३ घण्टा ३२ मिनेट खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *