लन्डन । म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका लागि बेलायत स्थित परोपकारी संस्था नेपाली वेलफेयर सोसाइटी युकेले राहत वितरण सहयोग गरेको छ । गत असार २५ गते शुक्रबार राती आएको पहिरोले विस्थापित भएका गण्डकी प्रदेशको म्याग्दी जिल्ला मालिका गाउँपालिका-७,दुलेओडारका बाढी-पहिरोबाट विस्थापित भएका ५५ घर परिवारलाई एक महिना पुग्ने खाद्यान्न राहत उपलब्ध गराएको हो। 
नेपाली वेलफेयर सोसाइटी युकेले प्रतिघर ३० किलो चामल,दुई लिटर तेल, दुई पोका नुन, र दुई थान साबुन बितरण गरिएको राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीले लन्डन नेपाल न्यूजलाई बताए।
राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष सार्कीका अनुसार म्याग्दीमा बाढी पहिरोको कारण घर पूर्णरुपमा क्षति भएका तथा जोखिमका कारण घर छाडेर विस्थापित भएर खाद्यान्न अभावले दुख भोगी रहेका परिवारका लागि राहत वितरण गरिएको हो ।
नेपाली वेलफेयर सोसाइटी युकेले यस अघि कोभिड–१९ ले प्रभावित लकडाउनका कारण समस्यामा रहेका नेपालको १३ जिल्लाका ४८२ बिपन्न घर परिवारलाई एक महिना पुग्ने राहत वितरण गरिसकेको छ,अध्यक्ष सार्कीका अनुसार यो १४ औं राहत वितरण समेत गरी ५३७ घरधुरीलाई राहत दिइएको हो ।
जुम कन्फ्रेन्स फेसबुक लाइभमार्फत् राहत वितरण गरिएको कार्यक्रम सञ्चालन रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी युकेका उपाध्यक्ष तथा एनआरएनए यूके सचिव जीत रानाभाटले सञ्चालन गरेका थिए ।
पहिरो पीडितलाई राहत वितरण कार्यक्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापा प्रमुख अतिथि थिए,उनले भने’बस्नका लागि छानो छैन, खानका लागि गाँस छैन, यस्तो अवस्थामा तपाईंहरुले गर्नु भएको पवित्र र महान कार्य चरराइरहेको घाउमा महलम लगाउने काम गर्नु भएको छ भन्दै यस घटनामा २८ जनाको शब, ४ बेपत्ता भएको जानकारी दिँदै धेरै मानिस घरबहार विहीन भएको, मानवीय क्षति भएको बताए ।
यस्तै काउन्सिल मेम्बर तथा रोशमोर बोरो काउन्सिल सदस्य तथा लेबर पार्टी सदस्य,अल्टरसर्ट युनियन युनिटीका अध्यक्ष ज्ञानोर अस्ट्रिनले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने महान कार्य गेरको भन्दै कार्यक्रममा उपस्थित गराउने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीलाई धन्यबाद दिइन् ।
नेपालबाट संयोजन गर्दै आउनु भएका डा.बुद्धि नेपाली कार्यकारी निर्देशक नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित,उत्पीडित र दलितबर्ग उत्थान विकास समितिराहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. नेपालीले गत वैशाख महिनाबाट सुरु गरिएको बाँचौ र बचाऊ अभियान उदयपुरको भुल्केबाट सुरु गर्दै आज म्याग्दीको दुले ओडार सम्म आएर सहासी र पवित्र काम गरेको स्मरण गराए।
यसैगरी कार्यक्रममा पूर्व अञ्चल प्रसासक कर्णाली अन्चलका उत्तर टमाटा रहेका थिए ।श्रीप्रसाद रोका अध्यक्ष, प्रमुख मालिका गाउँपालिका, खरमाया बिटालु उपाध्यक्ष, उपप्रमुख मालिका गाउँपालिका रहेका थिए ।
रेशम बहादुर जुग्जाली, वडा अध्यक्ष, मालिका गाउँपालिका वडा नं७, पुस्कर बिश्वकर्मा नेकपा म्याग्दी जिल्ला सदस्य, भोजबहादुर थापा, किसान सार्की केन्द्रिय सदस्य, रास्ट्रिय युवा संघ, यम किसान सार्की सदस्य, जनता समाजबादी पार्टी, गण्डकी प्रदेश, किसान बिश्वकर्मा – अध्यक्ष, दलित युवा सन्जाल म्याग्दी जिल्ला साखा, बुद्धिबहादुर जुग्जाली वडा सदस्य, मालिका गाउँपालिका वडा नं ७, चंदेबी फगामी वडा सदस्य, मालिका गाउँपालिका वडा नं ७, सृजना बिश्वकर्मा अध्यक्ष, दलित संघर्श समिति, वडा नं ७ दलबहादुर जुग्लाली अध्यक्ष, म्याग्दी ओवरसिस नेप्लिज एसोसिएसन युके, शर्मिला हिराचन थकाली, अध्यक्ष, रोयल बरो अफ ग्रिविच नेप्लिज सोसाईटी युके, गोमा पौडेल अध्यक्ष हाम्रो नेपाली समाज वेस्टमिडल्याण्ड युके एंव एनसीसी मेम्बर,भिम सर्मा – उपाध्यक्ष, हाम्रो नेपाली समाज वेस्ट९मिडल्याण्ड युके,कुमार सुनार अध्यक्ष,बिश्वकर्मा वेलफेयर सोसाईटी युके,सारदा थापा, माया केसी, लक्ष्मी बस्नेत प्रतिनिधि, दिदीबहिनी समुह युके, लालबहादुर पुन उपाध्यक्ष मगर संघ युके एबं महासचिब,म्याग्दी ओवरसिस नेप्लिज एसोसिएसन युके,पदम गर्बुजा– कोषाध्यक्ष, म्याग्दी ओवरसिस नेप्लिज एसोसिएसन युके, शिब भण्डारी, चिफ एडिटर, लन्डन नेपाल न्युज युके, बादल साही, रेडियो जर्नालिस्ट, म्याग्दीकाली उपस्थित रहेका थिए ।
यस्तै नेपालको बिभिन्न क्षेत्रबाट अथितिहरुमा टिका बसेयल वडा सदस्य, उदीपुर, बेसीसहर नगरपालिका–१, लमजुंग जिल्ला, प्रमिला लकान्द्री वडा सदस्य, सुन्दर हरैचा, नगरपालिका– ६, मोरंग जिल्ला, मनोज राम –अध्यक्ष, पिस फर दलित फाउन्डेसन, सखुवा प्रसौनी गाउँपालिका–५, पर्सा जिल्ला रन्जना सुन्दास, समाजसेबी, पुतली बजार नगरपालिका–७, स्याङ्जा, मीन चोख्गल मुख्यसाप – समाजसेबी, बेला, धनगडी उप्महनागर्पलिका–११, कैलाली रहेका छन् ।
यस्तै नेपाली वेलफेयर सोसाईटी युकेका कार्यसमिति,तथा सल्लाहकार सदस्यहरु गोपाल रोका,दिल बहादुर सार्की,बुधि नेपाली,आशा देबी रोका रहेका छन् । 









