लिस्वन,
पोर्चुगलको लुङगेइरामा बस्दै आएका ४३ वर्षका बिशाल बहादुर रेग्मीको (नाम परिबर्तन ) हृदय घातका कारण १९ जुलाईमा आफ्नै निबासमा निधन भएको हो । बिगत छ बर्ष देखि पोर्चुगल बस्दै आएका रेग्मीको नेपाल घर पर्बत हो । उनले लुङगेराको कुर्जामेन्तोमा रहेको स्पेनिस कृषि फर्ममा काम गर्दै आईरहेका थिए ।
अहिले उनको शव बेजा हस्पिटमा राखिएको छ । साझ खाना खाएर मोबाईल चलाउदै सोफामा बेसेका उनी बिहान त्यही सोफामा मृत अबस्थामा भेटिएको एनआरएनए क्षेत्रिय अध्क्षय सिवभक्त बाग्लेले लण्डन नेपाल न्युजलाइ जानकारी दिएका छन्।
रेग्मीका २ बच्चा र श्रीमती नेपालमा रहेका छन्। पोर्चुगल आउने कागजि प्रक्रिया पुरा गरेका निजका परिवार लकडाउनले गर्दा नेपालमै रहेका छन् ।






