फडिन्द्र भट्टराई

पौष १३, २०७१, दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा रहेको नेपाली समुदाय द्वारा स्थापित पशुपतिनाथ मन्दिरमा गत शुक्रवार राति चोरी भएको छ । नेपालीहरु द्वारा स्थापित युरोपकै पहिलो मानिएको उक्त नेपाली मन्दिरमा मात्रै अहिले सम्म तीन पटक चोरी भईसकेको छ । सोहि मन्दिरमा केहि हप्ता पहिले पनि चोरी भएको थियो । मन्दिर भवनको पछाडिको भागको शिशा फोडेर भित्र पसेको चोरले दान पात्र समेत तोडेर पैसा कुम्ल्याएको छ ।

कमिटिका अध्यक्ष होम शर्माका अनुसार मन्दिरमा कोहि नभएको मौका छोपेर चोरी भएको थियो । ” अघिल्लो पटक जस्तो धेरै रकम लैजान नपाएपनि दान पात्रमा भएको अन्दाजी ढाई तीन सय पाउण्ड चोरिएको छ “, अध्यक्ष शर्माले भने । घटना पश्चात आइपुगेको प्रहरीले बिवरण संकलन गर्दै आफ्नो औपचारिकता पुरा गरेको बताइएको छ ।

“उनीहरुले त उल्टै सिसि टिभी जस्ता सुरक्षाका उपाए अवलम्बन गर्न सुझाएर गए “, अध्यक्ष शर्माले थपे । पहिलो पटक मन्दिरमा जडान गरिएको सिसि टीभी रेकर्डीङ्ग प्रहरीलाई उपलब्ध गराउदा पनि पक्राउ र कारवाही केहि पनि हुन नसकेको गुनासो गर्छन मन्दिर समितिका पदाधिकारी हरु । घटना पश्चात मन्दिर प्राङ्गणमा जम्मा भएका मन्दिर कमिटीमा रहेका ट्रस्टी तथा शुभचिन्तक हरुले सुरक्षा प्रवन्धलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा सल्लाह गरेका थिए ।

फेसबुक कमेन्ट