काठमाडौं– युवा संगीतकार पुस्कल कुँवरले मार्मिक गीत ‘दुई मुटुको बन्धन’ लिएर आएका छन् ।
लोक गायक गायिका रामजी खाँड र देवी घर्ती मगर ‘दुई मुटुको बन्धन’मा आवाज दिएका छन् ।
तिलकबहादुर ओली र शिव कुँवरको शब्द रहेको गीतमा पुस्कलले संगीत भरेका छन् । म्यूजिक भिडियोमा सारिका केसी र सागर थापाले अभिनय गरेका छन् । सारिकाले सागरलाई हानेर म्यूजिक भिडियोलाई मार्मिक बनाइएको छ ।
म्यूजिक भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।






