हङकङमा ‘एभरेष्ट हाइकिङ’

हङकङ । हङकङ एभरेष्ट हाइकिङ २०१८ सम्पन्न भएको छ । सगरमाथा दिवसको अवसर पारेर हङकङमा सगरमाथा पदयात्रा आयोजना गरिउको हो । हङकङमा सेन्ट्रल वेल अव्जर्भेसन हुँदै भिक्टोरिया पिक सम्म पदयात्रा आयोजना गरिएको हो ।हङकङस्थित नेपाली महावाणिज्यदूतावास र गैर आवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा नेपालीको धेरै पहिचानहरुमध्ये सगरमाथा पनि एक उत्कृष्ट पहिचान भएकाले सगरमाथा दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको एनआरएन हङकङ अध्यक्ष राधिका (टिका ) गुरुङंले जानकारी दिनुभयो ।