आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुट्न काँग्रेसलाई खनालको आग्रह

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुटन आग्रह गरेका छन् ।

वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली काँग्रेस आफैं कमजोर हँुदै जाने चेतावनी दिए ।

सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाडौंमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उनले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न माग गरे । उनले स्ववियू निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि नेपाली काँग्रेसलाई सचेत गराए ।

आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि नेपाली काँग्रेसले स्ववियू निर्वाचन फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दावी छ ।

वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गरे ।

मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अव आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *