नेपालीले सञ्चालन गरेको व्यवसाय अष्ट्रेलियाका १०० व्यवसाय मध्ये २६ औँ स्थानमा

सिड्नी । नेपालीले सञ्चालन गरेको व्यवसाय अष्ट्रेलियाको १०० मध्ये २६ औँ स्थानमा पर्न सफल भएको छ । अष्ट्रेलियामा रियसलस्टेटको काम गर्दै आईरहेको मल्टीडायनामिक रियलस्टेट उक्त स्थानमा पर्न सफल भएको हो ।

“रेट माइ एजेन्ट” कम्पनीले गरेको सर्वेक्षणमा “एजेन्ट द्याट ऐजेन्सी” अन्तर्गत अष्ट्रेलियामा रहेका अन्य रियलस्टेटलाई पछि पार्दै २६ औँ स्थानको नेसनल अवार्ड प्राप्त गर्न सफल भएको हो ।

उक्त सर्वेक्षण अनुसार मल्टीडायनामिक रियलस्टेट राष्ट्रिय अवार्डको २६ औँ स्थानमा, न्यू साउथ वेल्सको स्टेट अवार्डमा टप १० मा पर्न सफल भएको छ । कम्पनीले बाडिया ,एड्मन्सनपार्क, क्याथरिनफिल शबर्बमा पनि “ऐजेन्सी अफ द ईयर अवार्ड पाएको छ ।त्यस्तै उक्त कम्पनीका एजेन्ट मुरारी लम्साल सिड्नीको बार्डिया र एड्मन्सनपार्कका उत्कृष्ट एजेन्ट बन्न सफल बन्दै “एजेन्ट अफ द ईयर” बन्न सफल भएका छन् ।

नेपालीहरुलाई व्यवसायमा लाग्ने प्रेरणा दियो : सिईयो पौडेल

मल्टिडायनामिक रियलस्टेटका  संस्थापक मेगराज पौडेलले कुनै समय आफ्नो गराजबाट सुरु गरेको रियलस्टेटले अहिले स्टेट अवार्ड सहित नेसनल अवार्ड जित्न सफल भएको छ । अष्ट्रेलियामा सानो व्यवसायबाट सुरु गरिएको कम्पनीले विभिन्न अवार्ड प्राप्त गरी सफलता तर्फ लम्किँदै गर्दा खुसी लागेको मल्टीडायनामिक रियलस्टेट कम्पनीका सिईओ मेगराज पौडेलले बताए ।

कम्पनीले हरेक वर्ष विभिन्न अवार्डहरु जितेर विभिन्न ऐजेन्सीलाई काम दिन पाउनु नेपालीको लागि गर्वको विषय रहेको उनले बताए । यसले नेपालीहरुलाई व्यवसायमा लाग्ने प्रेरणा समेत दिलाएको उनको प्रतिक्रिया छ । आफुहरुले ग्राहकहरुलाई दिएको सेवा, सेवाग्राहीहरुको सन्तुष्टि नै ठुलो कुरा रहेको भन्दै उनले त्यसकै आधारमा सेवाग्राहीले पनि विश्वास गरेर रेटिङ दिएको बताए ।

हरेक वर्ष वेष्ट अफ एजेन्टको अवार्ड पाउँदै मुराली लम्साल

लम्सालले यस वर्ष मात्रै हैन व्यवसाय थालेदेखि प्राय हरेक वर्ष “वेष्ट अफ एजेन्ट”को अवार्ड पाउँदै आएका छन् । गत वर्षपनि उनले बाडिया शबर्बबाट उत्कृष्ट एजेन्टको अवार्ड हात पारका थिए ।

धदिङबाट १९९६ सेप्टेम्बरमा अष्ट्रेलिया आएका लम्सालले यस पटक पनि “एजेन्ट अफ द इयर” पाउँदा निकै उर्जा प्राप्त भएको बताए । जिम्मेवारी थपिएको महसुस भएको छ, लण्डन न्यूज नेपालसगंको कुराकानीमा उनले भने “हरेक वर्ष हुने सर्वेक्षणबाट कम्पनीले प्रायः अवार्डहरु प्राप्तहरु गरेको छ । यसले कम्पनी उच्च स्थानमा पुग्दैछ भन्ने पुष्टी पनि भएको छ ।

लम्सालले खरीद बिक्री गर्ने व्यक्तिहरुलाई दिएको परामर्श, सेवा तथा प्रक्रियागत कुराहरुमा सेवाग्राहीमार्फत पाएको रेटिङ्गको आधारमा उक्त अवार्ड जित्न सफल भएका हुन् । लम्सालले उडमन्डसन पार्क, बार्डिया, लिभरपूल, लेपिङ्गटन, ग्लेनफिल्ड, मक्यारीफिल्ड लगायत कार्यक्षेत्र बनाएर काम गरिरहेका छन् ।‘रेट माई एजेन्टले विभिन्न कामहरुको रिभ्यूहरु हेरेको हुन्छ । कुन ठाँउमा कुन बेस्ट छ, उनीहरुले तोकेको मापदण्ड पूरा गरेका छन छैनन् भनी अध्ययन गरी उक्त अवार्ड दिने गर्दछ ।

मल्टिडायनामिक रियलस्टेट इङ्लबनका प्रिन्सिपल विष्णु प्रभात सापकोटाले स्थापना कालदेखिनै आफुहरुले ग्राहकहरुको सन्तुष्टी र सुविधामा ध्यान दिएकाले सफलता प्राप्त भएको भन्दै यी अवार्डहरुले खुसी मिलेको बताए । टिमवर्क र सर्वसाधारणको सहयोग र सद्भावले मल्टिडाइनामिक सफल भएको भन्दै उनले अस्ट्रेलियाको सबै शहरमा छाउन दीर्घकालीन सोच बोकेर नै मल्टिडाइनामिक आएको बताए ।