काठमाडौं । जवरजस्तीकरणीको अभियोगमा आफु विरुद्ध उजुरी परेपछि पल साहले मुख खोलेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै आफुलाई दुगेंश थापा लगायतका केही साथीहरुले फसाउन खोजेको दाबी समेत गरेका छन् ।
उनले आफुलाई फसाउन खोजेको भन्दै अडियो समेत सार्वजनिक गरेका छन् । त्यस्तै उनले आफू दोषी भए सजाय भोग्न तयार रहेको समेत बताएका छन् । शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’ ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाएको दावी गरेका छन् ।






