लण्डन- बेलायतमा आगामी २० जुलाईमा नेपाल रन २०२० आयोजना गरिने भएको छ । शारीरिक तन्दुरुस्ती , स्वास्थ्य जीवन शैली तथा पार्क रन सम्बन्धि जागरण ल्याउने उद्देश्यले नेपाल रन २०२० आयोजना गरिने भएको हो ।
लामो समय देखि पार्क रन र म्याराथुनमा लागेका सन्तोस राई विधिको बिकाससंगै हुने घटदो शारीरिक गतिबिधिले क्यान्सर , हृदय घात तथा मधुमेह लगायतका संक्रमण नेपाल लगायत बिश्वभरमा बढ्दै गएको र यस्ता रोगबाट बच्न र शारीरिक तन्दुरुस्ती र नियमित व्यायाम आवश्यकता रहेको जनाउदै चेतनाको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताउँछन् ।
पार्क रन संस्कार बिश्वभर फैलदै गएको र यसलाई नेपालीहरुमाझ पनि चेतना ल्याउन साथै नेपाल सम्म यसलाई बिस्तार गर्ने उद्देश्यले नेपाल रनको स्थापना गरिएको बिश्वका मुख्य ७ मध्ये ६ ओटा म्याराथन दौडीसकेका राई बताउछन् । स्वास्थ्य र तन्दुरुस्तीलाई सामाजिक काम संगै सामुहिकरुपमा दौडिएर नियमित ब्यायाम गर्न उत्प्रेरणा दिने पार्करन संस्कार सबै नेपालीमा फैलाउने उदेश्यका लागि नेपालरन भन्ने संस्थाको बेलायतमा अधिकारिक रुपमा दर्ता पनि गरि सकिएको जानकारी राईले दिए । राईले नेवा रन , धरान रनको मार्फत यस अघि नै पार्करनलाई नेपालमा परिचित गरिसकेका छन् । शारीरिक व्यायाम र शारीरिक तन्दुरुस्तीसंगै भिजिट नेपाल २०२० लाई पनि प्रबर्दनगर्ने उदेश्यले रन आयोजना गरिएको अर्का नियमित धावक पाण्डव महतो तथा यस अभियानका अर्का अभियन्ताको भनाइ छ । महतो दौडको माध्यम बाट नै आमासयको क्यान्सरलाई पनि जितेर तन्दुरुस्त जीवन बिताई रहेका व्यक्ति हुन् ।

आफु जस्तै रोगले ग्रसित् कोहि नबनोस बेलैमा नियमित दौड गरे सधै तन्दुरुस्त रहन सकिने उनको तर्क छ । प्रतियोगिताको लागी नर्थाला पार्कमा कुरा भई रहेको र चाडै पार्क उपलब्ध हुना साथ् पत्रकार सम्मेलन गरि स्थान र मिति घोषणा गरिने कार्यक्रमका सहजकर्ता तथा नियमित धावक राज ओझाले जानकारी गराए ।
कार्यक्रमको प्राविधिक र ब्यबस्थापकीय पक्षको अध्ययन सन्तोष राई , बहत्तर लिम्बु , नरेश राना , निलु राई , उदेश देवान लगायतले गरिरहनु भएको छ । चाडै नै वेब साइट निर्माणलाई पूर्णता दिएर आधिकारिक दर्ता फारम उपलब्ध गराइने नेपाल रनका अर्का अभियन्ता बहत्तर लिम्बुले जानकारी दिए । मिडिया सहयोगी जगन कार्कीका अनुसार कार्यक्रमलाई बृहत्त बनाउन नेपाल एम्बेसी , गैर आवासीय नेपाली संघ , पत्रकार महासंघ , नर्स , डाक्टर , लगायत सम्पूर्ण नेपाली लगायत बेलायतका सम्बंधित संघसंस्थाहरुसँग सहकार्य गरिएको छ ।






