चर्चमा गोली चल्यो , १५ जनाको मृत्यु , कैयौ घाइते

काठमाडौं। मध्य अफ्रिकी गणतन्त्रको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ ।

राजधानी बेन्गुइस्थित नोट्रे–डामे डी फतिमा चर्चलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।

मारिनेमा चर्चका पादरीसमेत छन् । घटनामा ९९ जना घाइते भएका छन् ।